• ७ वैशाख २०८१, शुक्रबार

दुर्घटना रोक्न पुल छेउमा 'पिसिसि'

blog

कर्णाली करिडोरको खुलालु पुल छेउको जोखिम सडक जहाँ पिसिसि गरेर अल्पकालीन जोखिम कम गरिएको छ । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ९ गते । जिल्लाको खुलालु पुल नजिकै रहेको डर लाग्दो खाल्डो दुर्घटना हुन नदिन अल्पकालीन पिसिसि गरी सडक निर्माण गरिएको छ । कर्णाली कोरिडोरको खुलालु पुलको बायाँ पट्टीको जोखिम सडकलाई पिसिसि गरेर जोखिम न्यूनीकरण गरिएको हो । 

कोरिडोरको खुलालु सल्लीसल्ला सडक आयोजनाको प्रवेश द्वार कर्णाली पुलको ओरालोमा खाली गाडी चल्न समेत कठिन छ । उक्त क्षेत्र मर्मतका लागि सडक विभागले ठेक्का खोलेपनि कुनैपनि निमार्ण व्यवसायीले काम गर्न इच्छा नदेखाएको कारण यो वर्षातको समयमा काम गर्नका ठुला दुई वटा खाल्डाहरूमा ढुङ्गा सोलिङ गरी कङ्क्रिट ढलान गरेर अल्पकालीन रूपमा समस्याको समाधान गरिएको छ । उक्त खाल्डोमा फोरविईल गाडी कठिन रूपमा चढ्ने गरेका थिए ।  पुल छेउमा जोखिम सडकका बारेमा जिल्लावासीले बारम्बार मर्मत गर्न सरोकारवालाहरूलाई आग्रह गदै आएका थिए । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले नागरिकको चर्को गुनासोलाई तत्कालका लागि जोखिम ठाउँमा पिसिसि गरेर अल्पकालीन समस्या टारेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा ठुलो ठेक्का लगाएर उक्त क्षेत्र सुधार गरिने बताउनुभयो । 

कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले वर्षातको समयमा झनै कठिन हुने भएकाले केही दिन कोरिडोर बन्द गरेर भएपनि जोखिम ठाउँलाई सुधार गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी माझीले समयसमयमा गरेको आग्रहलाई सडक डिभिजन कार्यालय जुम्लाले बल्ल सुनुवाइ गरेर केही हदसम्म सुधार गरेकोमा खुसी व्यक्त गर्नुभयो । उक्त खण्ड सुधारका लागि वैशाख ३१ गते बाट एक हप्ताका लागि कोरिडोरको खुलालु खण्ड बन्द गरिएको थियो ।

निमार्ण व्यवसायी मानव बमले उक्त सडक सुधारका लागि धेरै पटक सडक डिभिजन कार्यालय जुम्लालाई ताकेता गरेको सुनाउनुभयो । सडक मर्मतका लागि गत वैशाख ३१ गतेदेखि बन्द गरिएको कर्णाली कोरिडोर जेठ १० गते अर्थात् आजैबाट आम्सिक रूपमा खुल्ने भएको छ । 

प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले सडक कार्यालय प्रमुखसँगको कुराकानीपछि मोटरसाइकल र साना गाडी पिसिसि गरेको सडकमा चलाउँदा फरक नपर्ने भएपनि दश गतेबाट आम्सिक रूपमा खुलाउने जानकारी दिनुभयो ।