• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

blog

सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ९ गते । सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ । रासस