• १२ वैशाख २०८१, बुधबार

मन्त्रिपरिषद् विस्तार : वीरेन्द्रप्रसाद महतोलाई वन मन्त्रालयको जिम्मेवारी

blog

वीरेन्द्रप्रसाद महतो । फाइल तस्बिर

काठमाडौं, जेठ ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो। 

त्यसैगरी राष्ट्रपति पौडेलले जसपाकै नेतृ प्रमीला कुमारीलाई शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभएको छ। 

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले  मन्त्री र राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।