• १२ वैशाख २०८१, बुधबार

हलिउड अभिनेता रे स्टिभेन्सनको निधन

blog

काठमाडौं, जेठ ९ गते । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । 'आरआरआर', 'थोर', 'डाइभर्जेन्ट' फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा निधन भएको हो । 

यस्तै, उहाँ एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ का अभिनेताको रुपमासमेत चिनिनुहुन्छ । उहाँले यस दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गर्नुभएको थियो । 

यसबाहेक उहाँलाई हलिउडको चर्चित मार्बल फिल्म ‘थोर’मा समेत देख्न सकिन्छ । उहाँ डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा हुनुहुन्थ्यो ।

२५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिनुभएका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृङ्खला र टेलिफिल्मबाट कला यात्रा सुरु गर्नुभएको थियो ।