• १३ वैशाख २०८१, बिहिबार

कार्य सञ्चालन नियमावली मस्यौदा समितिको बैठक

blog

सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा बसेको कार्य सञ्चालन नियमावली मस्यौदा समितिको पहिलो बैठक ।

काठमाडौं, जेठ ८ गते । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेको बुझेर काम गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्नुहुँदै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।