• १३ वैशाख २०८१, बिहिबार

एक्साभेटर प्रयोग गरी अवैध उत्खनन

blog

एक्साभेटर प्रयोग गरी उत्खनन् गरीएको क्षेत्रको अनुगमन गर्दै स्थानीय । तस्विर : जानु पाण्डे

जानु पाण्डे

काठमाडौं, जेठ ८ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ गब्दहवाको अगिया खोलामा ठेकेदारले अवैध उत्खनन गरेका छन् । पद्मदिम कन्स्ट्रक्सन जैमिनी नगरपालिका बाग्लुङ्ले ठेक्का पाएको खोलामा एक्साभेटर प्रयोग गरी उत्खनन गरिएको हो । 

गब्दहवा गाउँदेखी पाँच सय मिटर उत्तरतर्फ पाँच मिटर बढी गहिरो खाल्टो खनेर उत्खनन गरिएको छ । पालिकाले उपकरण प्रयोग गरी खन्नको लागि आदेश नदिएको भएपनि ठेकेदारसँग मिलेमतोमा काम भएको बुद्धभूमि नगरपालिकाका अगुवा गोकर्ण पोख्रेलले बताउनुभयो । घुमघाम गर्दै जाँदा खोलामा खाल्टो देखिएपछि नगरपालिका र प्रहरी प्रशासनलाई फोनमार्फत जानकारी गराए पनि चासो नदिएको पोख्रेलले बताउनुभयो । 

आइतबार बिहान नगरपालिकाको प्राविधिक टोलीसहित खोलाको अनुगमन गरेको बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद नेपालले बताउनुभयो । ठेकेदार पक्ष नभेटिए पनि पालिकाले एक्साभेटर प्रयोग गरेको स्थलको अनुगमन गरेको बताएको छ । 

पालिकाले फागुनमा सात लाख ४९ हजार घन फिट नदीजन्य पदार्थ निकासीको लागि अनुमति दिएको थियो । पालिकाले आठ रुपियाँप्रति फुटमा बेच्ने दर तोकिए पनि ठेकेदार पक्षले दश रुपियाँको दरले बिक्री गरेको स्थानीय बताउँछन् ।