सर्वपक्षिय राजनैतिक सभा गरिनुपर्नेमा जोड

khadga bhahadur bkरुपक पुरी सिन्धुपाल्चोक, मंसिर २६ गते । नेकपा– माओवादीवाट अलग्गिएर बनेको नेकपा माओवादीका प्रबक्ता खड्गबहादुर बिकले शान्तिप्रक्रियाको हिस्सेदार आफूहरुको सहभागिता बिना देशमा संबिधान जारी भए देशमा अनिष्ट हुने बताउनुभएको छ ।

शुक्रवार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै प्रबक्ता बिकले संबिधान सभालाई विघटन गरेर सर्वपक्षिय राजनैतिक सभा गर्नुपर्ने बताउँदै यसवाटै सबै कुराको हल हुने बताउनुभयो । अहिले हल्ला चलेजस्तो बन्दुक बोकेर जंगल नजाने स्पष्ट पार्दै उहाँले दमन र षड्यन्त्र गरे टुलुटुलु हेरेर चाँही नबस्ने चेतावनी दिनुभएको छ ।
उहाँले देशमा अन्य राजनैतिक दलहरुले शान्तिको नाममा भयंकर अशान्ति मच्चाउने काम गरिरहेको बताउदै युद्ध नभई धरापमा परेको शान्ती सम्झौतालाई बचाउने आफ्नो पार्टीको पमुख उदेश्य भएको प्रष्ट पार्नुभयो ।
जिल्लामा बैद्यबाट छुट्टिएकाहरुको एक भेलाले कमल माझीको नेतृत्वमा जिल्ला समिति गठन गरेका छन् । समितिको अन्य पदाधिकारीहरुको भने नाम सार्वजनिक गरिएको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना