• ८ वैशाख २०८१, शनिबार

लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प

blog

बेइजिङ, जेठ ५ गते । बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा