• १३ वैशाख २०८१, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

सिंहदरबारमा शुक्रबार सुरु भएको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ५ गते । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार मध्याह्न साढे १२ बजेबाट बैठक सुरु भएको हो ।

सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ ।