• १३ वैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

blog

माओवादी केन्द्रका उपाध्यक्ष एमव् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली चीन प्रस्थान । तस्बिर : सङ्घीय संसद सचिवालय

काठमाडौं, जेठ ५ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा २० सदस्यीय टोली आज (शुक्रबार) चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज अपराह्न चीन प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्नेछ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ । सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।