• ७ वैशाख २०८१, शुक्रबार

रियललाई हराउँदै सिटी फाइनलमा

blog

च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै म्यानचेस्टर सिटी र रियल म्याड्रिडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ ४ गते । कीर्तिमानी स्पेनिस टोली रियल म्याड्रिडलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले साबिक विजेता समेत रहेको रियललाई ४-० गोलले हरायो ।

सिटीले समग्रमा ५-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो सेमिफाइनल लिगमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएका थिए ।

रियलविरुद्ध एकपक्षीय प्रदर्शन गरेको सिटीको जितमा बर्नाडो सिल्भाले दुई गोल गर्नुभयो । म्यानुअल एकान्जी र जुलियन अल्भारेजले एक एक गोल गर्नुभयो । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको थियो । 

गोल गरेको सिटीले २३औँ मिनेटमा सिल्भाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ३७औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा रियललाई निराश बनाउनुभयो । 

त्यसपछि ७६औँ मिनेटमा म्यानुअल एकान्जीको सशक्त प्रहार एडर मिलिसाओलाई लाग्दै गोलमा परिणत भएको थियो । इन्जुरी समयमा अल्भारेजले फिल फोडेनको पासमा गोल गर्न सिटीलाई सजिलै फाइनलको यात्रा तय गराउनुभयो ।

खेलभर सिटीको दबाब झेलेको रियलले लज्जासपद हार खेप्यो । च्याम्पियन्स लिगमा सर्वाधिक १४ पटक कीर्तिमानी रियलको प्रदर्शन फितलो बन्यो । यससँगै सिटीले अघिल्ला दुई संस्करणको सेमिफाइनलमा रियलसँगै हारेको बदला समेत लिएको छ ।

उपाधिका लागि सिटीले इटालियन क्लब इन्टर मिलानसँग जुन १० तारिख प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा हुनेछ । एजेन्सी