भुइँचालो, राहत र प्रतिक्रिया

pradip nepalप्रदीप नेपाल

यसपालिको भूकम्प साह्रै अनपेक्षित थिएन । नेपालमा प्रत्येक शताब्दीमा एउटा महाभूकम्प जान्छ र त्यो महाविनाशकारी हुन्छ भन्ने चेतना शिक्षित समुदायमा थियो । राज्यले भूकम्प प्रतिरोधी भवन निर्माण संहिता बनाएको थियो । विज्ञापनमा भूकम्प प्रतिरोधी घर बनाउने विधिको राम्रो प्रचारप्रसार भइरहेको थियो । ठ्याक्क यति मितिमा नेपालमा भूकम्प आउँछ मात्रै भनिएको थिएन । यो कसैले भन्नसक्ने विषय पनि थिएन ।
यति हुँदाहुँदै पनि महाभूकम्पले महाविनाश ग¥यो । ज–जसले भूकम्प प्रतिरोधी घर बनाएका थिए, तिनले पनि १०० घण्टासम्म सन्त्रासमा बस्नुप¥यो । जसले सस्तोमस्तो घर बनाएका थिए, तिनको सबैथोक स्वाहा भयो । यति ठूलो धक्कामा सयौं वर्ष पुराना संरचनाहरू भत्कनु त्यत्ति अस्वाभाविक थिएन किनभने समय समयमा गरिनु पर्ने मर्मत सम्भार र जिर्णोद्धारका काम त्यहाँ गरिएको थिएन । शताब्दीयौं पुराना निर्माण कतिन्जेल भूकम्पका धक्काहरू बेहोरेर उभिइरहन सक्छन् ! नेपालमा शताब्दी शताब्दीमा महाभूकम्प गइरहेको इतिहास हामीले पढेका छौं ।
एउटा ठूलो खोट भेटियो यहाँ । टेलिभिजन, राष्ट्रिय सञ्चार माध्यम, स्थानीय रेडियोमार्फत अरूलाई भूकम्प सचेतनताको सन्देश दिने सरकार आफैंले चाहिं कुनै शिक्षा लिन सकेन छ भन्ने सत्य सबैका सामू छर्लंग भयो । भूकम्प आयो । सरकारमा बस्नेलाई पनि विनाशकारी भूकम्प आउँछ भन्ने थाहा थियो । सरकारको सोचमा त्यो ९० वर्ष पुगेको भोलिपल्ट मात्रै आउँछ कि भन्ने थियो भनेर सरकारप्रति व्यङ्ग्य गर्न खोजिएको पनि होइन किनभने सरकारले जसरी प्रत्येक नागरिकलाई, गाउँ र शहर बजारलाई भूकम्पीय खतरा र त्यसबाट बच्ने उपायको जानकारी गराइरहेको थियो, त्यो राम्रो थियो । त्यसै हुनाले सरकारद्वारा प्रायोजित प्रचार अभियानले नागरिकलाई सचेत तुल्यायो तर त्यही प्रचार अभियानले सरकारी संयन्त्रलाई भने छुन सकेको व्यवहारमा देखापरेन । सरकारी संयन्त्रले गाउँ गाउँमा राहत पु¥याउन सकेनन् भनेर मैले यो टिप्पणी गरिरहेको छैन । काठमाडौंका जुन स्थानमा सरकारले विस्थापित जनतालाई राख्ने योजना बनाएको थियो, ती ठाउँमा पनि पर्याप्त मात्रामा अस्थायी आवास, अस्थायी शौचालय, खाद्यान्न र पानीको व्यवस्था गर्न सकेको देखिएन । रोग पैmलन नदिन के के गर्नुपर्छ भनेर अर्ति–बुद्धि प्रसार गरिरहेका बेला आफैंले चाहिं त्यसको जोहो गर्न सकेको पाइएन । सबैभन्दा अनौठो कुरो त के भने भूकम्प फर्कन थालेको छैटौं दिनको राती मन्त्रिपरिषद्ले जहाँ जहाँ पाइन्छ त्यहाँ त्यहाँ आवास व्यवस्थापनमा प्रयोग हुने त्रिपाल किन्न तयारी गरिरहेको सूचना सुनायो ।
महाभूकम्प जान्छ भन्नेबित्तिकै लाखौं मानिस विस्थापित हुन्छन् भन्ने जान्दाजान्दै पनि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका राज्यसंयन्त्रसँग कति हजार थान अतिरिक्त त्रिपाल छन् भनेर खोजीनीति सकिएको भए राम्रो हुन्थ्यो । यतातिर पर्याप्त ध्यान गएको पाइएन । मन्त्रिपरिषद्ले निर्णय गर्ने बित्तिकै सम्बन्धित अधिकारीले सामान किनिहाल्छन् भन्ने कुरो पनि हुँदैन । सार्वजनिक खरिद ऐन अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम सुन्दै थर्थर काम्ने कर्मचारीले प्रधानमन्त्रीले कार्यालयबाट सिधैं फोन गरेर ‘लौ चाहिने जति त्रिपाल किन्नू’ भनेर जङ्गी आदेश दिए पनि कसैले त्रिपाल किन्ने आँट गर्दैन । कर्मचारीले यस्तो अवस्थामा आपूm फस्ने काम किन गर्थे ? यो अहिलेका साना–ठूला कर्मचारीको मानसिकता हो । यस्तो अवस्थामा मन्त्रीहरू आफैं मन्त्रिपरिषद्को निर्णय पुस्तिका बोकेर त्रिपाल किन्न जाने कुरा पनि हुँदैन ।
बाह्र गते शनिबार १२ बजे हामी सबै स्तब्ध भयौं एकछिनका लागि । एक मिनेट दश सेकेण्डसम्म थरथराएको पृथ्वीमाथि जीवन विद्यमान थियो । त्यसैले घरभित्रकाहरू ढोका र बीमको आधार लिएर उभिन पुगे । बाहिर निस्किएकाहरू सुरक्षित स्थान खोज्दै दौडधूप गर्न थाले । सरकारले ‘खुला ठाउँतिर जानू’ भनेको सन्देश सम्झँदै कोही टुँडिखेलतिर लागे । कोही शङ्खपार्कभित्र छिरे । कोही स–साना खेल मैदानतिर लागे । सबै जनता सरकारले भनेको ठाउँमा पुगे तर नागरिकसँगै तोकिएको ठाउँमा पुग्नुपर्ने सरकारी संयन्त्र चाहिं निकै पछि मात्र पुगेको देखियो । टुँडिखेलमा पुगेका भूकम्प पीडितले दिशा–पिसाब गर्ने र किनेर खाने स्थान पनि पाएनन् ।
धेरैले सरकारी संयन्त्रलाई गाली गरे । केहीले सत्तोसराप पनि गरे । अहिले सरकारलाई गाली गर्नुको कुनै अर्थ हुँदैन । समयमै सोच पु¥याउन सकिएको भए सम्भवतः यस्तो अवस्था नआउन सक्थ्यो । अहिले कसैले पनि राहत पुगेन भनेर बालुवाटारको ढोका अगाडि धर्ना दिएर मात्र केही हुनेवाला छैन । हाम्रा नेताहरू गणतन्त्रको आगमनसँगै कुहिराको कागसरह भएका छन् । यो भुइँचालोले त उनीहरूलाई किंमकर्तव्यविमूढ जस्तै बनायो । यो नै अन्तिम सत्य हो तर अहिले त्यसको चर्चा गरेर नेताहरूको तेजोबध नगरौं ।
अझै दुःखद् दृश्य देखियो राजनीतिक मुद्दामा रातोदिन हस्तक्षेप गरिरहने नागरिक समाजको । त्यो त झरेको फल खान ठिंग उभिएको लाचार बालक जस्तो देखियो । भूकम्पको विनाशलीला देखेर त्यो आत्तियो । हुनत त्यो समाजमा पनि बुढापाकाहरूकै बाहुल्य छ । त्यसैले नागरिक समाज भन्ने पनि एउटा धूमिल अनुहार मात्र रहेछ भन्ने सत्यको जानकारी सबैलाई दियो यो महाभूकम्पले ।
निकै दिनसम्म ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति रहेको आभास पाउन सकिएन । राज्यलाई सराप्नु यसको एउटा प्रतिक्रिया हो तर कोही आए पनि नआए पनि नागरिक बाँच्न सक्दोरहेछ भन्ने सन्देश पनि यही भूकम्पले दिएको छ । राज्यले नागरिकलाई शासित र आपूmलाई शासक ठान्नु छाडा पुँजीवादको विशेषता हो । त्यसैले त्यस्तो अवस्था पनि नागरिक बाँचे । ऐया आत्थो गर्दै भए पनि उनीहरूले आपूmलाई बचाए ।
भूकम्प आयो, गयो तर नव–निर्माणको गह्रुङ्गो काम बाँकी छ । जति पाताल भएका छन्, तिनको पुनः निर्माण गर्नुपर्छ । जति चर्किएका छन् तिनको नव–निर्माण गर्नुपर्छ । काम गाह्रो छ तर असम्भव छैन । एउटा राम्रो औसर जुटाइदिएको छ यो भुइँचालोले नयाँ नेपाल निर्माणको सन्दर्भमा । सहयोग पनि जुटेको छ र सहयोगी हातहरू पनि जुर्मुराएका छन् । सरकारमा बसेकाहरूले यो सम्भावनालाई टपक्क टिपेर व्यवहारमा उतार्न सक्नुपर्छ । नयाँ सोच बोकेर नेपाल बनाउने अनि विनाशलाई विकासमा परिवर्तन गर्नसक्ने व्यवस्थापकको भूमिका पूरा गर्ने वातावरण बनोस् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना