प्रधानसेनापति भारत जानुहुने

गोरखापत्र समाचारदाता

काठमाडौंँ, पुस २७ गते । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा शुक्रवार भारत प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानसेनापति भइसकेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिवार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मानबाट सम्मानित गर्ने परम्परा छ ।
यसैबीच, अमेरिकी सेनाको इन्डो–प्यासेफिक कमाण्डका प्रमुख फिलिप एस. डेभिड्सन् दुई दिने औपचारिक नेपाल भ्रमणको सिलसिलामा विहीवार काठमाडौंँ आइपुग्नु भएको छ । उहाँले शुक्रवार काभ्रेको पाँचखालस्थित बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण निरीक्षण गर्नुहुने छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds