साढे तीन लाख घर बनिसके

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २७ गते । निजी आवास पुनर्निर्माणअन्तर्गत अहिलेसम्म तीन लाख ४७ हजार ७४८ नयाँ घर निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भूकम्पपछि निजी आवास पुनर्निर्माणमा तिब्रता दिइएको बताउनुभयो ।
२१ औँ भूकम्प सुरक्षा दिवस मनाउने सम्बन्धमा भएका तयारीबारे विहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी आवास पुनर्निर्माणअन्तर्गत अहिले पाँच लाख ७८ हजार ७५६ घरहरू निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुुभयो । भवन निर्माणसम्बन्धी ५१ हजार ६४९ प्राविधिक जनशक्ति उत्पादन भएको विभागले जनाएको छ । सरकारले माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यसपटक ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्ने जिम्मेवार सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds