• ८ वैशाख २०८१, शनिबार

निःशुल्क एम्बुलेन्स सेवा

blog

तनहुँ समाचारदाता 

तनहुँ, जेठ ४ गते । तनहुँको बन्दीपुर गाउँपालिकाले सुत्केरी, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य संस्थामा जाँदा र आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । स्वास्थ्य सूचकाङ्क सुधारका लागि यो सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

आर्थिक रूपमा विपन्न परिवारका बिरामीलाई समेत एम्बुलेन्स निःशुल्क प्रदान गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । गाउँपालिकाले मङ्गलबारबाट सुरु गरेको एम्बुलेन्स सेवा उद्घाटनको कार्यक्रममा अध्यक्ष थापाले उक्त जानकारी दिनुभयो ।

आफ्नै एम्बुलेन्स नहुँदा अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाको आफ्नो एम्बुलेन्स नहुँदा समयमै उपचार नपाउँदा बिरामीको ज्यानसमेत जाने गरेकाले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।