• ४ वैशाख २०८१, मङ्गलबार

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन : रवि लामिछाने

blog

राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, जेठ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताउनुभएको छ ।

मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताउनुभयो ।

सांसद लामिछानेले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने भनाइ राख्नुभयो । उहाँले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

‘‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन ।,’’ सांसद लामिछानेले भन्नुभयो, ‘‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । समितिमा बोल्नका लागि कुनैपनि सदस्यलाई समय छुट्याउनुपर्छ ।’’

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताउनुभयो ।