१० रुपियाँ तलबको जागिर

jagman gurungनेपाल प्रज्ञाप्रतिष्ठानका उपकुुलपति डा. जगमान गुुरूङ मूूलतः नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुुनुुहुुन्छ । विक्रम संवत् २००३ सालमा हाल कास्कीको मादी गाउँपालिकमा जन्मनुभएका उहाँले गण्डकी अञ्चल हुलाक कार्यालयमा मुुखिया पदमा सरकारी सेवाको सुुरुवात गरेर त्रिभुवन विश्वविद्यालयमा हेड असिस्टेन्ट अनुुसन्धानकर्ता हुुँदै सहप्राध्यापक हुुनुुभयो । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महŒवपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका गुरुङको आत्मकथा :


पारिवारिक पृष्ठभूूमि
मेरो जन्म साबिक लमजुुङ हाल कास्की जिल्लाको मादी गाउँपालिका–३ को मिरउमरा वंशमा भएको हो । मेरा बाबुुआमा किसान हुुनुुहुुन्थ्यो । खेतीकिसानीबाट घरपरिवारको निर्वाह हुने गर्दथ्यो । मेरा जेठाबा हर्कजङ्ग गुुरूङ याङ्जाकोटको मिरउमरा (सैनिक कमान्डर) हुुनुुहुुन्थ्यो । उहाँ ज्योतिष र तन्त्रमन्त्र जान्नुुहुुन्थ्यो । विसं २०१७ सालमा प्रधानपञ्च पनि हुुनुुभयो । म जेठाबाबाट धेरै प्रभावित भएँ र उहाँको सङ्गतमा रहेँ । उहाँबाट मैले तन्त्रमन्त्र र ज्योतिष विद्या सिकेँ । उहाँको शेषपछि छ गाउँ याङ्जाकोटको मिरउमराको सन्तानको हैसियतले त्यहाँको मौलो पूजा चलाइरहेको छुु ।

बाल्यकाल र अध्ययन
म गाउँले वातावरणमा हुुर्कें । सामान्य मध्ययवर्गीय बालकको जस्तो जीवन हुुन्छ, त्यस्तै मेरो जीवन रह्यो । मैले कखरा बाबाट घरमा सिकेँ । त्यसपछि गाउँलेले चलाएको पाठशालामा कास्की अर्घौं झाँगरमारेका विचारी शेखरनाथ त्रिपाठी गुुरूबाट बाह्रखरी पढेँ । पहिलो वर्णमाला, लिखितम धनीका नाम, चुुच्चेचोला असनी, जग्गाको राजीनामा, बालकको नाम जुराउन जानेपछि पढाइ सकियो । वेणी पाठशालामा ऊँ नमः चण्डिकायः, दुुर्गा कवच निःशुल्क पढियो । विसं २०१३ सालमा डिस्ट्रिक सोल्जर मोड (भारतीय सैनिकले चलाएको स्कुुल) मा प्राथमिक स्कुुलमा पाँच कक्षासम्म पढेँ ।

अध्ययन र रोजगारी सँगसँगै
विसं २०१८ सालमा ६ कक्षामा भर्ना हुुन पोखरा रामघाटस्थित सोल्जर मोड हाइस्कुुलमा पढेर एसएलसी गरेँ । यो स्कुुल भारतीय सैनिकमा कार्यरत नेपाली नागरिकले चलाएका थिए । एसएलसीपछि पृथ्वीनारायण कलेजमा आईए पढेँ । नतिजा आउन एक वर्ष लाग्ने भएकाले गण्डकी हुुलाक नियन्त्रण कार्यालयमा मुुखिया पदमा १० रुपियाँ तलब पाउने गरेर जागिर खाएँ । घर लमजुुङ भएकाले बेजिल्ला भएकाले थप भत्ता पाइन्थ्यो । विसं २०३२ मा लमजुुङको पाँच गाउँ पञ्चायत कास्कीमा गाभियो । आईएपछि बीए गरेँ । अस्थायी मुुखियाको जागिर छोडेँ । नयाँ शिक्षा आएपछि पृथ्वीनारायण क्याम्पसमा हेड असिस्टेन्ट भएँ । सहायक प्रशासक भएँ । पोखरामा त्रिविविले मानविकीको डीन कार्यालय राख्यो । डीन भएर प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना आउनुुभयो । मैले उहाँलाई कर्मचारी भर्नामा सहयोग गरेकाले उहाँ मलाई राम्रो मान्नुुहुुन्थ्यो । उहाँले मलाई सजिलो हुुनेगरी काठमाडौँ नेपाल तथा एसियाली अध्ययन केन्द्रमा पठाइदिनुुभयो ।

काठमाडौँ बसाइ : जीवनको नयाँ मोड
नेपाल तथा एसियाली अध्ययन केन्द्रका निर्देशक डोरबहादुुर बिष्ट हुुनुुहुुन्थ्यो । म यस केन्द्रमा पहिले काजमा गए पनि छ महिनापछि सरुवा नै भएर गएँ । त्यतिबेला तलब ४०० रुपियाँ थियो । पुुल्चोकमा जेठानको घरमा बसेँ । कपिलवस्तुु मौजा भएका जेठानले बहिनीलाई पेवा दाइजो पनि दिए । श्रीमतीका दिदीहरू अविवाहित भएकाले बहिनीलाई पैसा दिइरहन्थे । यसले गर्दा हाम्रो जीवन निर्वाह राम्ररी नै भयो । विसं २०३५ मा त्रिविविमा नेपाली इतिहास, संस्कृति र पुुरातŒव विषयमा एमए भर्ना भएँ । ०३६ को आन्दोलनले नतिजा आउन ढिला भयो ।
विसं २०३९ मा मैले एमए प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र विद्याभूषण र गोकुुलचन्द्र पदक पनि पाएँ । विसं २०४१ म त्रिविविमा सहायक प्राध्यापकमा परीक्षा दिएर पास भएँ । सिनासको दरबन्दीबाट इतिहास विभागमा सहायक प्राध्यापक भएँ । पछि अन्तर्वार्ताका माध्यमबाट उपप्राध्यापकमा बढुुवा भयो । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा वासुुदेव त्रिपाठी कुुलपति हुुँदा प्राज्ञ परिषद् सदस्य भएँ । ६३ वर्षको उमेरमा सहप्राध्यापकबाट अवकाश पाएँ । यसबाहेक मैले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको राष्ट्रिय अनुुुसन्धान केन्द्रमा चार वर्ष कार्यकारी निर्देशक भएँ र फेरि दुई वर्ष कार्यकाल थपियो । विसं २०७५ साउन १७ देखि सो पदबाट अवकाश लिएँ । विसं २०७५ पुुस २ गतेदेखि नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुुलपति नियुुक्त भएर कार्य गरिरहेको छुु ।

लेखन एवम् अनुुसन्धान कार्य
विसं २०३४ सालमा मैले ‘गुुरूङ जाति तथा संस्कृति’ नामक पुुस्तक तयार गरेँ । यो पुुस्तक प्रकाशन गर्दा श्रीमतीको हातको सुुनको चुुरा बेचेर छापेको थिएँ । एमएमा पढ्दा ‘नेपालको एकीकरणमा गुुरूङहरूको भूूमिका’ शोधपत्र लेखेँ । यो पुुस्तक बौद्ध अर्घौं सदन (पोखरा) ले छाप्यो । केही पैसा र सर्वाधिकार दियो । नेपाल र एसियाली अध्ययन केन्द्रमा हुुँदा उपल्लो मुुस्ताङमा छ महिना बसेर गुुुम्बाको अध्ययन गरेर ‘मुुस्ताङको सांस्कृतिक सम्पदा’ पुुस्तक लेखेँ र छापियो । विसं २०६१ मा सिनासबाट ‘नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रसवण क्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन’ नामक पुुस्तक प्रकाशित भयो । यस पुुस्तकको धेरै चर्चा भयो ।
यसै किताबको प्रभावले मलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि बनायो । यसबाहेक मेरो ‘गण्डकी प्रसवन क्षेत्रका सांस्कृतिक सम्पदा’ नामक कृति पश्चिमाञ्चल विकास मञ्च नामक संस्थाबाट छापियो । त्यस्तै ‘तमुुवानको ऐतिहासिक वृत्तान्त’ नामक कृति केही आफ्नै र केही लण्डनवासी भाइहरूको साठी हजारको सहयोगले छापियो । यसबाहेक मेरा तीन पुुस्तक ‘नेपालको राष्ट्रियताको समीकरणमा शिव–बुुद्ध समन्वयवादको भूूमिका’, ‘शैव दर्शन र बौद्ध दर्शनको तुलनात्मक अध्ययन’ र ‘शैव तन्त्र र बौद्ध तन्त्रको तुलनात्मक अध्ययन’ प्रकाशन हुन बाँकी नै छन् । यी पुुस्तकमा शैव दर्शन र बौद्ध दर्शन र तन्त्रलाई नेपाली मानसिकताले कसरी अपनाएको छ ?, नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकासमा यसले कस्तो भूूमिका खेलेको छ ? जस्ता विषयमा चर्चा गरेको छुु । यसबाहेक विभिन्न पत्रपत्रिकामा ७५ लेख प्रकाशित छन् ।
नेपाली संस्कृतिका आधार
नेपाली संस्कृतिको प्रकृति समन्वयात्मक छ, समन्वयात्मक अध्यात्मवादले समन्वयात्मक नेपाली संस्कृतिको संरचना र विकास भएको छ । समन्वयात्मक नेपाली संस्कृतिको धरातलमा नेपाल राष्ट्रको निर्माण र नेपाली राष्ट्रियताको विकास भएको छ । प्रादेशिक संरचनामा नेपाललाई हिमाल, पहाड, नेपाल मण्डल र मधेसमा विभाजन गर्न सकिन्छ । यसो भए पनि नेपाली चाडपर्वमा समन्वयको भाव पाइन्छ । एउटै तीर्थस्थलमा विभिन्न समुदायका मानिस मेला भर्न जान्छन् । चाडपर्वको तिथिमिति एउटै भए पनि मनाउने तरिका फरक छ । यसले नेपालीका बीचमा सामाजिक सद्भाव, धार्मिक–सांस्कृतिक सहभाव एवम् राष्ट्रिय एकताभाव जोडिएको छ । नेपाल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले ‘चार जात छत्तीस वर्ण’ को संज्ञा दिएका थिए । अहिले हामी ‘सयौँ थुुँगा फूूलका हामी नेपाली’ भनेर राष्ट्रियगान गाउँछौँ । त्यसो भएमा मात्र ‘समृद्ध नेपाल सुुखी नेपाली’ को योजना सफल हुुन्छ । समन्वयात्मक नेपाली संस्कृतिले त्यस उद्देश्यको परिपूूर्तिका लागि महŒवपूूर्ण भूूमिका खेलेको छ ।

भविष्यका योजना
म नेपाल प्रज्ञाप्रतिष्ठानमा निश्चित कार्ययोजनासाथ आएको छुु । यस कार्यकालमा नेपालका सातै प्रदेशको भौगोलिक अवस्थिति, ऐतिहासिक पृष्ठभूूमि, जनजीवन, भाषा–साहित्य, तीर्थस्थल, चाडपर्व, सामाजिक संस्था, कला–वास्तुुकलाजस्ता विषयमा केन्द्रित भएर ग्रन्थहरू प्रकाशनमा ल्याउने सोचेको छुु । त्यसको साथै सातै प्रदेशमा यस कार्यकालमा त्रिदिवसीय सांस्कृतिक सङ्गोष्ठी गर्ने, त्यसमा कार्यपत्र पनि लेखाउने, काठमाडौँमा ‘वयं राष्ट्रे जागृयाम पुुरोहिता’ अर्थात् ‘हामी राष्ट्रमा अग्रगामी भै जागौँ’ नारा लिएर नेपाली संस्कृति र राष्ट्रियता विषयमा प्रवचन, कार्यपत्रजस्ता कार्यक्रम गर्ने र तिनलाई पुुस्तक बनाएर प्रकाशित गर्ने योजनासहित कार्य गरिरहेको छुु ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds