• १५ चैत २०८०, बिहिबार

एक सय छब्बीस छात्रालाई साइकल वितरण

blog

भरतपुर समाचारदाता

चितवन, जेठ १ गते । भरतपुर महानगरपालिकाले विद्यालयका १२६ छात्रालाई साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रम अन्तर्गत आइतबार महानगर प्रमुख रेनु दाहालले छात्रालाई साइकल वितरण गर्नुभएको हो । 

छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको थियो । यस पटक महानगरको वडा नं. ६ र १३ का विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई साइकल वितरण गरिएको हो । 

महानगरपालिका २९ वडामध्ये २२ वडाका विपन्न छात्रालाई साइकल वितरण गरिसकेको छ भने वडा नं. २९ को विद्यालयलाई स्कुल बस प्रदान गरिएको छ । 

महानगरपालिकाले अति विपन्न परिवारका छात्रालाई विद्यालय शिक्षामा पहुँच पु-याउने उद्देश्यले कक्षा ६ देखि १२ सम्मका किशोरीलाई साइकल वितरण गर्दै आएको छ ।