पोखरामा तरकारी कारोबारमा ५० प्रतिशतले कमी

tarkariपोखरा, वैशाख २४ गते । पर्यटकीय शहर पोखरामा गत साता आएको भूकम्पका कारण तरकारी विक्रीमा ५० प्रतिशतले कमी आएको छ । साविक हुने कारोबार भन्दा भूकम्प पछाडी ५० प्रतिशत कारोबार खस्कीएको तरकारी व्यापारीहरुले बताएका छन् । तरकारी कारोबारमा कमी आएसँगै तरकारीको मूल्यमा पनि उतारचढाव आएको छ ।
धादिङ, गोरखा लगायतका ठाउँबाट पोखरा आएर तरकारी व्यापार गरिरहेकाहरु भूकम्पले गाउँलाई नै प्रभावित बनेपछि घर फर्केका छन् । भूकम्पका कारण अधिकांश तरकारीको मूल्य घटेको छ । भूकम्पसँगै करिव तिन दिन पुरै तरकारी पसल बन्द हुँदा लाखौं रुपैयाँको तरकारी नष्ट भएको कृषि उपज बजार संचालक समिति शान्तिबन बाटिका पोखराका निवर्तमान अध्यक्ष रामकृष्ण दवाडीले बताउनुभयो ।
५० देखि ६० टनसम्म तरकारी खपत हुने पोखरामा अहिले २० देखि ३० टन खपत भैरहेको छ । अहिले पोखराको बजारमा गोलभेंडा बाहेक अधिकांश तरकारीको मुल्य सस्तिएको तरकारी तथा फलफुल खुद्रा व्यापार संघका उपसचिव दीपक श्रेष्ठले जानकारी दिनुभयो । ३५ देखि ४० रुपैयाँ पर्ने काउली अहिले २५ देखि ३० रुपैयाँ भएको छ । एक सय रुपैयाँ पर्ने बोडी अहिले ५० रुपैयाँमा झरेको छ भने २० देखि २५ रुपैयाँ पर्ने बन्दा अहिले १५ रुपैयाँमा झरेको उपसचिव श्रेष्ठले जानकारी दिनुभयो । ६० रुपैयाँ पर्ने सिमी ४५ देखि ५० भएको छ भने ५० देखि ५५ रुपैयाँ पर्ने घिरौंला ३५ देखि ४० रुपैयाँ भएको संघले जनाएको छ । गोलभेंडाको मूल्य भने १० रुपैयाँ ६० रुपैयाँ भएको छ । भुकम्पका कारण पोखराका होटलहरु पनि सुनसान बनेपछि तरकारी विक्रीमा कमी आएको हो । भूकम्पसंगै पर्यटकहरु आफनो देशमा फर्किपछि पोखरा सुनसान बनेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना