आगलागीबाट रु पच्चीस लाखको क्षति

सप्तरी, वैशाख २४ गते । सप्तरीको कविलास–९ मा गएराति भएको आगलागीमा परी एक दर्जन घर जलेर नष्ट हुँदा करिब रु २५ लाख बराबरको क्षति भएको छ । स्थानीय सलमा खाँको घरबाट एक्कासि सल्केको आगोले छिमेकी उमर, फुलोसरी खातुन, कोदामदसहितको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट नगद, जिन्सीसहित खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सरसामान जलेको पीडितहरुले बताइएका छन् । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना