• ११ असोज २०८१, शुक्रबार

जसपाको विधान महाधिवेशन असारमा काठमाडौंमा गर्ने निर्णय

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २७ गते। जनता समाजवादी पार्टीले आउँदो असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ।

जसपाका  प्रवक्ता मनिष सुमनले बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो। 

जसपाले नक्कली भुटानी शरणार्थी सम्बन्धी सम्बन्धमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ। 

यसैगरी, संसदबाट दुई पटकसम्म पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय भएको उहाँले बताउनुभयो।

प्रदेश १ को नामाकरणविरुद्व जारी आन्दोलनमा दमन बन्द गरी पुनः नामाकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्ने निर्णयसमेत गरेको छ। 

बैठकले जसपाको राजनीतिक समितिमा रामकिशोर यादव, बारालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।