• १६ चैत २०८०, शुक्रबार

चरेससहित दुई महिला पक्राउ

blog

कपिलवस्तुमा लागुऔषध चरेस ओसारपसारमा संलग्न महिला । तस्बिर : प्रहरी कार्यालय

जानु पाण्डे

कपिलवस्तु, वैशाख २७ गते । कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् । 

बिहान इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नेपाल–भारत सीमाबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । दुवै जना यात्रु गेटबाट पक्राउ परेका थिए । 

पक्राउ पर्नेमा धादिङ खनियाबास घर भएका वर्ष ४९ की सङ्गीता तामाङ र सत्यवती घर भएकी वर्ष ५९ को सेती तामाङ रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयो ।