• १५ चैत २०८०, बिहिबार

प्रतिनिधिसभामा अध्यादेश पेश

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २४ गते । प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । आज (आइतबार) को  प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गर्नुभएको हो ।

यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो । रासस