• १६ चैत २०८०, शुक्रबार

यार्सा टिप्न गएका जुम्लाका तीन जना बेपत्ता

blog

जुम्ला, वैशाख २४ गते । मुगु पाटनमा यार्सा टिप्न गएका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार पातारासीका १५ जना यार्सा टिप्न गएका मध्ये ३ जना हिम पहिरोमा पुरिएका भन्ने अपुष्ट खबर आएको र विस्तृत खबर आउन बाँकी रहेको छ । उहाँका अनुसार शुक्रवारनै सो घटना भएको र टाढा भएकाले बल्ल खबर भएको जानकारी प्राप्त भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीका अनुसार मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा ३ जना बेपत्ता भएका खबर आएको छ । उहाँका अनुसार जुम्ला पातारासी २ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की  र ३६ वर्षीय वीर बोहरा छन् । 

मौसम खराबका कारण जेठ ४ गते मात्रै यार्सा टिप्ने भनिएको भए पनि उनीहरू अर्को बाटो बाट गएकाे खबर आएको छ । बेपत्ता भएका ३ जनाको साथमा १५ जनाको समूह भएको प्रहरीले जनाएको छ । 

Author

नेत्र शाही