• १३ वैशाख २०८१, बिहिबार

चार्ल्स तृतीयको राज्याभिषेक

blog

काठमाडौँ, वैशाख २४ गते । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार आयोजित भव्य समारोहबीच सुसम्पन्न भएको छ। वेस्टमिन्सटर एबीमा आयोजित समारोहमा राजा चार्ल्सलाई सेन्ट एड्वर्डज क्राउन नामको राजमुकुट पहि-याएर राज्याभिषेक गरिएको हो। 

यो दुर्लभ तथा बहुमूल्य राजमुकुट बेलायत दरबारको परम्पराअनुसार राजा भएको झल्काउने गरी एक पटक मात्र पहिरिनुभएको हो। यो राजमुकुटको उत्तराधिकारीका रूपमा पहिरिने राजा चार्ल्स तृतीय बेलायतका सातौँ राजा हुनुहुन्छ। उहाँलाई आर्चविशपले मुकुट पहि-याउनुभएको हो। मुकुट पहि-याएलगत्तै विशपले भगवान्ले राजाको सुरक्षा गर्नेछन् भनेर ठूलो स्वरमा भनेपछि उपस्थित सबैले सोही वाक्य दोहो-याएका थिए। राज्याभिषेक भएको पहिचान दिने परम्परागत बाजा घन्काइयो। राजा चाल्र्ससँगै रानी क्यामिला चार्ल्सलाई क्विन मेरिज क्राउन पहि-याइएको थियो। 

भव्य साङ्गीतिक माहोलमा भएको राज्याभिषेकपछि राजा चार्ल्सले राज्यप्रति आफ्नो कर्तव्य पूरा गर्ने शपथ लिनुभयो। राज्याभिषेक समारोहमा नेपालसहित विश्वका अधिकांश मुलुकबाट प्रतिनिधि दरबार पुग्नुभयो। आमजनता सो अवसर हेर्नकै लागि अघिल्लो रातदेखि नै आफ्नो स्थान ओगटेर बसेका थिए। 

राजा चार्ल्सले शपथ लिनुभएपछि बधाई तथा उहाँप्रति बफादार रहेको प्रतिज्ञा व्यक्त गर्दै उहाँका जेठा पुत्र राजकुमार विलियमले उहाँलाई चुम्बन गर्नुभयो। उहाँ बेलायतको नयाँ उत्तराधिकारी हुनुहुन्छ। सो अवसरमा कान्छा छोरा राजकुमार ह्यारी पनि राज्याभिषेक समारोहमा सरिक हुनुभयो। दुवै जना बेलायतको पूर्वराजकुमारी डायनाका छोरा हुनुहुन्छ। रानी एलिजाबेथको निधनपछि उहाँका छोरा चार्ल्सलाई राजा घोषणा गरिएको थियो। राज्याभिषेक समारोहमा नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले सहभागिता जनाउनुभयो।