• १३ वैशाख २०८१, बिहिबार

डीजेजडित गाडीको ठक्करबाट मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, वैशाख २३ गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । 

भारतीय बीआर ३० ए २७२१ नम्बरको डिजेले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको मृत्यु भएको हो । शुक्रबार साँझ डीजेगाडीको ठक्करबाट गम्भीर घाइते हुनुभएका बैठाको उपचारका क्रममा राति प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तीव्र गतिमा हुइँकिएको डीजे गाडीले ठक्कर दिँदा ना ६५ प ४१६० नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । जिल्लामा स्थानीय प्रशासनले डीजेबाजा प्रतिबन्ध लगाए पनि मनपरी ढङ्गले डीजे गाडी दौडाउने र चर्को आवाजमा बजाउने क्रम रोकिएको छैन । 

यसैबीच, गएको बुधबार हरिपूर्वा नगरपालिका–५ को भित्री सडकखण्डमा भारतीय मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीआर ३० के ५२१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनुभएका हरिपूर्वा ८ का ६० वर्षीय महोत्तरीको एक अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।