• ८ वैशाख २०८१, शनिबार

भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी

blog

काठमाडौं, वैशाख २३ गते । नेपाल भलिबल संघले आगामी जुन १८ देखि २५ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको छ । 

प्रशिक्षणका लागि संघले बोलाएका खेलाडीहरुमा हरिहजुर थापा, लोकेन्द्र गिरी, सम्राट भण्डारी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरोज बस्नेत, राजेन्द्र विष्ट, विशाल विक, रविन चन्द, रवी केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल बिक, मनिष मानन्धर, धनबहादुर भट्ट क्षेत्री, भीम गाहा र विनोद चन्द हुनुहुन्छ । 

नेपाली टोलीको प्रशिक्षण सोमबारबाट सुरु हुने संघले जनाएको छ । लिगमा नेपालसहित आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगका आधारमा खेलाईने लिगको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।