• ६ वैशाख २०८१, बिहिबार

बस्नेत र सापकोटालाई उत्कृष्ट कर्मचारी पुरस्कार

blog

काठमाडौँ, वैशाख २२ गते । गोरखापत्र संस्थान कर्मचारी सङ्घ ४७ द्वारा स्थापित ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ कार्यालय सहयोगी पदमबहादुर बस्नेत र प्रेसम्यान केशवप्रसाद सापकोटालाई प्रदान गरिने भएको छ । 

संस्थानमा २०४४ असोज २७ गतेदेखि सेवारत बस्नेत र २०५० चैत २५ गतेदेखि सेवारत सापकोटाको पेसागत इमानदारी, व्यावसायिक कुशलता, प्रतिबद्धता तथा अनुशासनका आधारमा पुरस्कृत गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ । नगद पाँच/पाँच हजार रुपियाँ र कदरपत्रसहित सो पुरस्कार उहाँहरूलाई गोरखापत्र संस्थानको वार्षिकोत्सव कार्यक्रमका अवसरमा वितरण गरिने भएको छ ।