• १२ वैशाख २०८१, बुधबार

नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण हुँदै

blog

नेपालगञ्जको जयसपुरमा निर्माण भइरहेको एकीकृति जाँच चौकी । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख २१ गते । नेपालगञ्जको जमूनाह नाकामा निर्माणाधिन एकीकृत जाँच चौकीको काम तिव्ररुपमा अघि बढेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाई नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँचचौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो । 

कार्यालय प्रमुख खनालले भन्नुभयो, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो, लगानी, प्राविधिक पाटो र निर्माण ब्यवसायी भारतले नै छनौट गरेको हो,  नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिनेगरेका छौं ।” 

यही मे महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अबको डेढ महिनाभित्र निर्माण कार्य पूरा हुने जानकारी भारतीय पक्षले नेपाली पक्षलाई गराएको छ । एकीकृत जाँच चौकीभित्र वयेरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेष्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको छ । 

जमूनाहभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका वडा १६ जयसपुरस्थित दशगजाको दुबैतर्फ एकीकृत जाँचचौकीको निर्माण भइरहेको छ । एकीकृत जाँचचौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० विघा जग्गा अधिग्रहण गरी तारबार गरेको भए पनि दुबैतर्फको निर्माण कार्य भने अढाई बर्षअघि मात्रै सुरु भएको हो । 

नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको रहेको छ । यसअघि वीरगञ्ज र बिराटनगरमा निर्मित एकीकृत जाँचचौकीको निर्माण सम्पन्न गरी सन् २०१८, अप्रिल र सन् २०२०, जनवरीमा संयुक्त रुपमा उदघाटन भइसकेको छ । निर्माणस्थल भएर चौलिक्का नजिक जोड्ने सडक कालोपत्रे गरिएको छ ।