• १६ चैत २०८०, शुक्रबार

अष्ट्रेलियामा प्रदर्शन हुँदै 'प्रसाद २'

blog

काठमाडौं, वैशाख २१ गते । फिल्म 'प्रसाद २' वैशाख २८ गतेबाट अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत शुक्रबाट नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्ने भएको हो ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलमा रिलिज हुने जनाइएको छ । 

फिल्म अष्ट्रेलियाका ठूला मल्टिप्लेक्सहरु इभेन्ट सिनेमा, युनाइटेड सिनेमा, होयट्स सिनेमा लगायतमा प्रदर्शन हुने जनाइएको छ । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, विशाल पहारी र महेश त्रिपाठी अभिनीत यो फिल्मले जातीय विभेद र प्रेमकथाको कथावस्तुमा आधारित छ ।