• १६ चैत २०८०, शुक्रबार

मच्छिन्द्रद्वारा संकटा पराजित

blog

मच्छिन्द्रका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख २१ गते । साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सहज जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई ३-१ गोलले हरायो । 

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङले चौथो, आफिज ओलावालेले ६९औं र विमल घर्तीमगरले ८९औं मिनेटमा गोल गर्नुभयो । संकटाका जुनियर एनकेनगुएले ७८औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

मच्छिन्द्रको यो पाँचौं  जित हो । जितसँगै पाँचौं स्थानमा उक्लिएको मच्छिन्द्रले १४ खेलबाट २१ अङ्क बनाएको छ । पराजित संकटा समान खेलबाट १६ अङ्क जोड्दै ११औं स्थानमा छ । 

यस्तै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको अर्को खदेलमा एपीएफ र न्यरोड टिम (एनआरटी)ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता लिएपनि एनआरटीले जोगाउन सकेन । ५७औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाउनुभयो । 

इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई हारबाट जोगाउनुभयो। बराबरीसँगै सातौं स्थानमा रहेको एपीएफले १४ खेलबाट १९ अङ्क बनाएको छ । समान खेलबाट १७ अङ्क बनाएको एनआरटी नवौं स्थानमा छ ।