• १२ वैशाख २०८१, बुधबार

कोरोना सङ्क्रमणबाट एकको मृत्यु, २६ जना संस्थागत आइसोलेसनमा

blog

काठमाडौं, वैशाख २१ गते । कोरोना सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

सोही सयमयमा १३ सय एक जनाको कोरोना परीक्षण गर्दा ४३ जना सङ्क्रमित थपिएका छन् भने ५० जना सङ्क्रमणमुक्त भएको तथ्याङ्क रहेको छ । २४ घण्टामा १५ हजार २४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । २०२ जना सक्रिय सङ्क्रमितमध्ये २६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये १२ जना आइसियूर एक जना भेन्टिलेटरमा उपचाररत छन् ।