• ८ वैशाख २०८१, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरण

सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

blog

काठमाडौं, वैशाख २१ गते । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरी आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो ।

सन्दीप नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । पाण्डेमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । रासस