• ४ वैशाख २०८१, मङ्गलबार

वेस्ट हामलाई हराउँदै सिटी शीर्षस्थानमा

blog

गोल गरेपछि म्यानचेस्टर सिटीका एर्लिङ ब्राउट हालान्ड । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २१ गते । साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सिटीले वेस्ट हामलाई ३-० गोलले हरायो । सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड, नाथन एके र फिल फोडेनले गोल गर्नुभयो ।

पहिलो हाफमा बराबरीमा रोकिएको सिटीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।  ५०औँ  नाथन एकेले मिनेटमा रियाद महारेजको फ्रिकिक पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । ७०औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।

यससँगै हालान्डले प्रिमियर लिगमा कीर्तिमान समेत बनाउनुभयो । उहाँले प्रिमियर लिगको एकै सिजन ३३ खेलमा सर्वाधिक ३५ गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनुभएको हो । यसअघि सन् १९९३/९४ को सिजनमा एलेन शेरेरले ३४ गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान बनाउनुभएको थियो । 

अर्को गोल ८५औँ मिनेटमा फिल फोडेनले गर्दै सिटीलाई सानदार जित दिलाउनुभयो । जितसँगै शीर्षस्थान कब्जा गरेको सिटीले ३३ खेलबाट ७९ अङ्क बनाएको छ । 

दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल बढी खेल्दै ७८ अङ्कजोडेको छ । पराजित वेस्ट हाम ३४ अङ्कसहित १५औँ स्थानमा छ । अर्को खेलमा लिभरपुलले फुलहामलाई १-० गोलले हराएको छ ।

लिभरपुलको जितमा मोहमद सलाहले ३९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै पाँचौँ स्थानमा उक्लिएको लिभरपुलले ३४ खेलबाट ५९ अङ्क बनाएको छ । पराजित ४५ अङ्कसहित १०औँ स्थानमा छ । एजेन्सी