• १३ वैशाख २०८१, बिहिबार

फिल्म 'बाघचाल' बन्ने

blog

काठमाडौं, वैशाख २१ गते । नायक सविन श्रेष्ठले नयाँ फिल्मको घोषणा गर्नुभएको छ । उतरगया म्युजिक एण्ड फिल्मससँग सहकार्य गर्दै निर्माण गर्न लागेको फिल्मको नाम ‘बाघचाल’ राखिएको छ । यो फिल्ममा राजीव गुरुङ (दीपक मनाङ्गे)को प्रस्तुति रहनेछ । 

फिल्मको कथा शिवम् अधिकारीले लेखिरहनुभएको छ भने फिल्ममा सम्राट् बस्नेतको निर्देशन रहनेछ ।

फिल्ममा तीन जना नायक र दुई जना नायिका रहने पक्का भएको छ । सविन आफैँले भने नायक वा खलनायकमा कुन भूमिका निर्वाह गर्ने पक्का भएको छैन । 

फिल्म नेपाल र अष्ट्रेलियामा छायाङ्कन गरिनेछ ।