सुरक्षित वैदेशिक रोजगारका लागि एक हुन आग्रह

भैरहवा, मंसिर २६ गते । महिलाहरुको सुरक्षित वैदेशिक रोजगारका लागि सरोकारवालाहरु एक भएर लाग्नुपर्ने खाँचो औंल्याइएको छ । 

सुचना र शिक्षाको अभावमा धेरै महिला अवैध रुपमा भारतीय बाटो हुँदै वैदेशिक रोजगारीमा जाने र समस्यामा पर्ने गरेकाले त्यसलाई रोक्न सही सुचनालाई घरघरमा पु¥याउनुपर्नेमा समेत जोड दिइएको छ । आइएलओको सहयोगमा एवीसी नेपालले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीले महिलाका लागि वैदेशिक रोजगारी चुनौतीपूर्ण भएकाले यसमा सबै निकाय संवेदनशील हुनुपर्ने बताएका छन् ।
वैदेशिक रोजगारीमा पुरुष समेत जोखिममा पर्ने भएपनि महिलाहरुको शारीरिक अवस्था, कामको जिम्मेवारी, रहनसहन लगायतले बढी चुनौतीपूर्ण हुने भएकाले यसलाई सुरक्षित बनाउन लाग्नुपर्ने उनीहरुको सुझाव छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै परियोजना संयोजक चांँदनी रानाले कम पढाइ भएपनि पुग्ने, धेरै रकम नलाग्ने, घरयासी कामकाजका लागि सीप नचाहिने भन्दै कुनै सिप र प्रशिक्षणबिना नै महिलाहरु खाडी मुलुकमा रोजगारीका लागि जाने गरेकाले उनीहरु असुरक्षित बन्दै गैरहेको र चुनौती बढेको बताउनुभयो ।
नेपालबाट र स्वीकृति प्राप्त संस्थाबाट जाँदा धेरै रकम खर्च हुने भन्दै खाडी मुलुकमा जाने धेरै महिला भारतीय बाटो हँुदै दलालमार्फत जाँदा विदेशमा गएपछि जोखिममा पर्ने गरेको उहांँको भनाई छ । यस्ता न्यूनतम कुरा नजान्दा पनि धेरै नेपाली महिलाहरुले कुटाई चुटाइ खानुपर्ने र तलब काटिने अवस्था रहेकाले सुरक्षित तरिकाबाट मात्रै वैदेशिक रोजगारीमा पठाउन र वैदेशिक रोजगारीबाट फर्केका महिलालाई घरपरिवारमा स्थापित गर्न कार्य स्वतन्त्रता परियोजना संचालन भएको संयोजक रानाले बताउनुभयो ।
अभिमुखीकरणमा वैदेशिक रोजगारका लागि प्रवद्र्धन बोर्डले गर्ने कामका बारेमा परियोजना जिल्ला संयोजक माधव विष्ट, सुरक्षित वैदेशिक रोजगार तथा कानुनका बारेमा अखिलेश्वर शुक्ला र बैदेशिक रोजगारका बारेमा पत्रकार आचारसंहिताबारेमा अमृता अनमोलले जानाकारी गराउनुभएको थियो । अभिमुखीकरणमा रुपन्देहीका डेढ दर्जन संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना