यस्तो हो मस्तिष्कघात

डा. समिर आचार्य


पछिल्लो समय सामाजिक सञ्जालतिर मस्तिष्कघातले अल्पायुमै निधन भन्ने खबर प्रशस्त मात्रामा पोष्ट गरिएको पाइन्छ । हिँड्दाहिँड्दै, चिया पिउँदापिउँदै, घरमा बसिरहेको अवस्थामा, काम गर्दागर्दै मस्तिष्कघात भएर मानिसको ज्यान गएको छ । त्यसैले मस्तिष्कघात भनेको के हो ? यसबाट कसरी बच्न सकिन्छ ? मस्तिष्कघातका जोखिम तìवहरू के हुन् भनेर जनचेतनाको विकास गर्नु आवश्यक छ ।
हाम्रो शरीर सञ्चालन गर्ने मस्तिष्कले हो । शरीरको इन्जिन भनेकै मस्तिष्क (ब्रेन) हो । मस्तिष्कमा कुनै कारणले अवरोध भयो भने मस्तिष्कघात हुन्छ । जस्तै रगतको नशा बन्द भयो, रगतको सञ्चालन हुन सकेन भने त्यो भागको ब्रेनले काम गर्न छाड्छ । ब्रेनमा रगत जम्यो भने पनि मस्तिष्कलाई ‘ड्यामेज’ गर्दछ र काम गर्न छाड्छ । यस्तो अवस्थालार्ई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ ।
मस्तिष्कघात दुई किसिमको हुन्छ ।
१– रगत जमेर हुने (हेमोरेजिक) मस्तिष्कघात ः
(सानो रगतको नशा फुट्छ र रगत वरिपरि फैलिन्छ । जहाँ रगतको नशा छ त्यसको ब्रेनले काम गर्न छाड्छ ।
२– रगतको सञ्चालन नभएर हुने मस्तिष्कघात
(स्केमिक स्ट्रोक) ः यसमा रगतको नशा सञ्चालन नभई बन्द हुने गर्छ । रगतको सर्कुशेलन (सञ्चार) नभएपछि ब्रेनले काम गर्न छाड्छ र पक्षघातको लक्षणहरू देखिन्छ । यस्तो खालको मस्तिष्कघातमा मानिस हिँडिरहेको छ भने लड्ने, एकातिरको हर कमजोर हुने, यदि दाहिनेतर्फको ब्रेनमा भयो भने देब्रेतर्फ र देब्रेतर्फ समस्या भयो भने दाहिनेतर्फ मस्तिष्कघात हुने गर्छ । कुनै व्यक्तिको हातखुट्टा कमजोर हुने गर्छ । ब्रेनमा भएका विभिन्न भागले छुट्टाछुट्टै तरिकाले काम गरिरहेका हुन्छन् । त्यसमा कुनै ठाउँले मुख चलाउने गर्छ भने कुनै ठाउँले हात चलाउँछ । कुनैले खुट्टा चलाएको हुन्छ, कुनै ठाउँले आँखा हेरिरहेको हुन्छ । बोल्ने र बुझ्ने ठाउँ छुट्टै हुन्छ । एक जनाले बोलिरहेको छ भने त्यसको प्रश्न बुझेर उत्तर दिने ठाउँ अर्कै हुन्छ । त्यही ठाउँमा मस्तिष्कघात भयो भने उसले बोल्नै सक्दैन । उसको स्वर जाने हुन्छ । बुझ्ने ठाउँमा स्ट्रोक भएको हो भने मैले घर कहाँ हो ? भनेर सोध्दा उसले मैले भात खाएँ भन्ने खालको उत्तर दिने गर्छ । त्यसलाई पनि एक किसिमको मस्तिष्कघात भनिन्छ । अर्को धेरै हुने भनेको हात खुट्टा चलाउने ठाउँमा पक्षघात भएर हातखुट्टा बिग्रने हुन्छ । कुनै व्यक्तिको मुख बाँगिएको छ भने पनि त्यसलाई पनि स्ट्रोकको रूपमा लिइन्छ ।
रगतको नशा पाइपको नलीजस्तै हो । पाइपको नलीमा लेउ लाग्दै जान्छ । यो भन्नुको अर्थ कुनै हिसाबले फ्याट, कोलस्ट्रोल जम्मा भएर बसिदिन्छ र सर्कुलेशन बन्द हुन्छ । शुरुमा अलिअलि जाने ब्लडप्रेसर लो (न्यून रक्तचाप) भएको बेलामा जति हुनुपर्ने हो त्यो पुग्दैन र मस्तिष्कघात हुने गर्छ ।
जोखिम
मोटो मानिस, व्यायाम नगर्ने, अल्कोहल बढी खाने व्यक्ति बढी जोखिममा हुने गर्छन् । सबैभन्दा बढी मस्तिष्कघात चुरोट पिउने व्यक्तिलाई हुने गर्छ । लागू औषध खाने व्यक्ति पनि मस्तिष्कघातको उच्च जोखिममा हुने गर्छन् । रागतमा कोशको तह उच्च भएर पनि मस्तिष्कघात हुने गर्छ । हाइपर्टेन्सन (तनाव), मधुमेह, वंशाणुगत, कोलस्ट्रोल उच्च छ भने पनि मस्तिष्कघात हुने सम्भावना प्रवल रहन्छ । मधुमेह, रक्तचाप छ भने त्यसलाई नियन्त्रणमा राख्नुपर्छ नत्र मस्तिष्कघात हुनसक्छ । मस्तिष्कघात हुने सम्भावना भएका व्यक्तिहरूले निरन्तर स्वास्थ्य परीक्षण गराउनु पर्छ । मस्तिष्कघात भनेको भुइँचालो आएजस्तै हो । कुन बेला आउँछ थाहै हुन्न, कुनै सङ्केत दिँदैन । जोगिनका लागि ब्यायाम गर्ने, स्वास्थ्यको हेरचाह गर्ने, निरन्तर स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नुपर्छ । खानपिनमा पनि नियन्त्रण गर्नुपर्छ ।
विदेशमा ब्रेन चेकअप भन्ने आइसकेको छ तर नेपालमा ब्रेन चेकअप अहिलेसम्म आउन सकेको छैन । ५० वर्ष कटिसकेपछि मानिसले एकपटक ब्रेनको सबै नशा हेर्ने गर्छन् तर त्यो चलन हाम्रो देशमा आइसकेको छैन । ब्रेन चेकअप गर्नका लागि एमआरआइ, एमआरए वा सिटी एन्जिओग्राम गर्नुपर्छ । त्यसले ब्रेनको नशाको फोटो खिच्छ । लिपिड प्रोफाइल, सुगरको परीक्षण गर्नुपर्छ । एमआरए वा सिटी महँगो हुने गर्छ । यसमा न्यूनतम २० हजार खर्च हुन्छ । यो नियमित गर्न सम्भव हुँदैन त्यसैले ५०÷५५ वर्ष कटिसकेपछि एकपटक गर्न सकिन्छ ।
लक्षण
मस्तिष्कघातमा खुट्टा झम्झमाउने, बोली लर्बरिनेजस्ता लक्षण देखिन सक्छन् । मस्तिष्कघात एउटा केही समयका लागि मात्र हुन्छ । जस्तो रगतको नशा कुनै बेला साँघुरिन्छ, कुनै बेला खुल्छ । त्यसलाई ट्रान्जेट स्मेकिङ स्ट्रोक (टिआइए) भनिन्छ । यस्तो खालको मस्तिष्कघात २४ घण्टाभित्र आफैँ निको हुँदै आउँछ । कुनै मस्तिष्कघात ‘रिकभर’ हुनै सक्दैन । ब्रेनमा रगत जमेको छ भने शल्यक्रिया गरिन्छ । रगतहरू निकालिन्छ । रगत निकाल्ने वित्तिकै मानिस पहिलेको अवस्थामा फर्कन सक्दैन । मानिसको ज्यान मात्र बचाउन सकिन्छ । जति ड्यामेज भयो त्यसलाई फेरी फर्काउ भन्न सकिँदैन । कुनै व्यक्ति स्ट्रोक भएर चार पाँच घण्टाभित्र आउँछ भने त्यसलाई ट्रान्सप्लाज्मीनोेजिम एक्टिभेटर (टिपिए) गरिन्छ । रगतको नशा बन्द भएको छ भने पनि त्यसले पगाल्न सक्छ । त्यसपछि रगत पुनः सञ्चार हुन पाउँछ । तत्काल बिरामी अस्पतालमा आएको छ भने मात्र सम्भव हुन्छ । यो प्रविधि अलि महँगो पनि छ । विदेशबाट फ्रिजमा हालेर ल्याउनुपर्ने हुन्छ । मेकानिकल थोम्बेक्टोनी प्रविधिले पनि उपचार गरिन्छ । एनजिओग्राम गरेजस्तै गरेर नशाबाट पाइप छिराएर ब्लक (रोकिएको) भएको ठाउँमा छिराएर उपचार गरिन्छ । रगतको नशा बन्द भएर हुने मस्तिष्कघातका बिरामीहरू ८० प्रतिशत जति आउने गर्छन् । २० प्रतिशत रगत जमेर आउने बिरामी हुन्छन् ।
उच्च रक्तचाप भएको मानिसले औषधि सेवन गरिरहेको हुन्छ । मलाई नर्मल (सामान्य) भयो भनेर त्यो औषधि खान छोड्छन् । त्यसपछि रक्तचाप अत्यधिक बढ्छ र मस्तिष्कघात हुने गर्छ । रगतको नशा फुट्छ । मस्तिष्कघातबाट बच्ने हो भने रक्तचापलाई नियन्त्रण गर्नैपर्छ । कोलस्ट्रोलको मात्रा ठीक राख्नुपर्छ । चिल्लो खान हुँदैन । चिल्लो पदार्थ गएर रगतको नशामा गएर बसिदिन्छ । रगत जाँच गर्दा रक्तचाप, चिल्लो पदार्थ बढी छ भने चिकित्सकको सल्लाहले औषधि सेवन गर्नुपर्छ । चुरोट बिंडीको नियमित सेवनले पनि रगतको नशालाई खुम्च्याइदिने गर्छ । धूमपान रोक्नै पर्छ । मधुमेह छ भने त्यहीअनुसार स्वास्थ्यमा सतर्कता अपनाउनुपर्छ । तौल बढी छ भने पनि नियन्त्रण गर्नुपर्छ । बढी तौलले नै मानिसको सुगर र प्रेसरलाई बढाइरहेको हुन्छ । शाकाहारी खानालाई बढी महìव दिने र नियमित व्यायाम गर्नुपर्छ । राति सुतेको बेला बढी घुर्ने मानिसमा पनि मस्तिष्कघातको सम्भावना रहन्छ । घुरेको बेला अक्सिजनको मात्रा कम हुन्छ । ब्रेनमा पनि अक्सिजन पुग्दैन र मस्तिष्कघात हुने गर्छ ।
गर्भनिरोधक औषधि खाइरहेका महिलालाई पनि मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । त्यसले रगत बाक्लो बनाउने गर्छ । खाने वा लगाउने जुनसुकै गर्भनिरोधक औषधिले मस्तिष्कघात हुन्छ भन्ने चेतना महिलालाई हुनुपर्छ ।
नेपालमा सबैभन्दा बढी मस्तिष्कघात देखिने उमेर भनेको ५५ देखि ६० वर्ष हो । यो उमेरमा बढी ख्याल गर्नुपर्छ । एकाध रूपमा त्योभन्दा कम उमेरका मानिसलाई पनि मस्तिष्कघात हुने गरेको छ । खाडी मुलुकमा काम गर्न जाने नेपालीहरूलाई पनि धेरै मात्रामा मस्तिष्कघात हुने गरेको छ । कतिलाई डिहाइड्रेसन (जलअल्पता) भएर मस्तिष्कघात हुने गर्छ । घाममा काम गर्नुपर्छ, त्यो बेला पानी नपिउँदा समस्या हुने गर्छ । एसी (एयर कण्डिसन) मा बढी काम गर्ने मानिसलाई पनि मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।
नेपालमा न्युरो (नशा) सम्बन्धी चिकित्सक सर्जरी (शल्य चिकित्सा) तिर ८० जना जति र न्युरो फिजिसियन २० जना हुनुहुन्छ । यो अत्यन्त कम सङ्ख्या हो । त्यसैले मस्तिष्कघातबारे गाँउमा काम गर्ने चिकित्सक, जनरल प्राक्टिस गर्ने डाक्टरलाई समेत तालिम दिनु आवश्यक छ ।

(डा. आचार्य माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्युरो सर्जनको रूपमा कार्यरत हुनुहुन्छ । )

प्रस्तुतिः सरोज ढुंगेल

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds