भूकम्पपीडित पहिचान गरी राहत वितरण

भक्तपुर, वैशाख २२ गते । गत शनिवार गएको महाभूकम्पमा परी पीडित भएकाहरुलाई नेपाल रेडक्र्स सोसाइटी भक्तपुर शाखा र वडा नागरिक मञ्चले उद्धार र राहतवितरण स्वम्सेवीको भूमिका खेलिरहेका छन । हाल स्थानीय निकायमा जनप्रतिनिधि नभए पनि सबै नगरपालिकाको वडा तहसम्म नेपाल रेड्क्रस सोसाइटी र वडा नागरिक मञ्चको गठन भएका छन । 

भूकम्पले सिर्जना गरेको महाबिपत्तिबाट थप क्षति हुनबाट रोक्न , भत्कन नसकी त्यक्तिकै अलपत्र परेका घरहरु भत्काउने कार्यमा सहयोग गर्न, सरकारी र गैरसरकारी निकायबाट आएकाराहत सामग्री वितरण गर्न सामू्िहक बसाईबाट सिर्जना हुने फोहोर व्यवस्थापन गर्न, खानेपानी वितरण, सामुदायिक स्तरमा जनचेतना अभियान, स्वाथ्यशिबिर सञ्चालन, रक्तदान कार्यक्रमलगायतका कार्यहरुमा रेड्क्रस सोसाइटी भक्तपुर शाखा र वडा नगरिक मञ्चको भूमिका सराहनीय रहेको छ ।
नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा महाविपत्ति निम्त्याउँदै सृजना भएको महाबिनासकारी भूकम्पबाट थप क्षति हुन नदिन, आमनागरिकलाई राहत वितरण गर्न र पुनःस्थापनामा सहयोग गर्ने कार्यमा रेड्क्रसे अहोरात्र खटिएको बताउनुहुन्छ ।
‘रेड्क्रको जन्म नै विपत्तमा परेकलाई राहत र उद्धार गर्नका लागि भएको हो, यतिबेला हाम्रो भूमिकालाई समग्र समाजले खोजेको छ सोहीअनुसार हाम्रो जिल्ला र उपशाखाहरु निरन्तर राहत र उद्धार कार्यमा जुटिरहेका छन ।’
‘जिल्ला प्रंशासन कार्यालय, जनस्वस्थ्य कार्यालय, नगरपालिकाको कार्यालहरुसँग सहकार्य गर्दै रेड्क्रसले अहिले जिल्लामा स्वयम्सेवीको भूमिका खेलिरहेको छ,महाविपत्तिबाट थप क्षति हुन नदिन र नागरिकलाई जनचेतना जागृत गर्नका लागि रेड्क्रस सधै सक्रिय छ’ थापाले भन्नुभयो “यो विपत्तको बेलामा हामीलाई अझै थप स्यमसेवीहरुको आवश्यकक्ता छ ।”
उहाँका अनुासर अहिले रेड्क्रसले जिल्लामा रगतको अभाव हुन दिएको छैन , भूकम्प पीडितलाई राहत वितरण जारी राखोको छ । घरबारविहीन भएकालाई सामूहिक रुपमा सार्वजनिक स्थानमा त्रिपाल राखी सामूहिक पुनर्बास निर्माण लगायतका कार्य रेडक्रसले गरेको छ ।
अनन्नतलिङ्गेश्वर नगरपालिका वडा नं. १ का वडा नागरिक मञ्चका संयोजक रबि श्रेष्ठ भूकम्प पीडितहरुलाई राहत विरतण र पुनःस्थापना गर्ने कार्यमा रेड्क्रस र वडा नागरिक मञ्च सक्रिय भएको बताउनुहुन्छ ।
स्थानीय तहमा जनप्रतिनिधिको अभाव भएकाले बेलास्थानीय सर्वसाधारणको गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउने कार्यमा हाम्रो भूमिका रहेको छ उहाँले भन्नुभयो ‘वडा तहमा अहिले हामीहरुले वडाध्यक्षकै भूमिका खेलिरहेका छौं तर पनि हामीलाई हाम्रो भूमिका कम भएको महशुस भइरहेको छ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायको निर्वाचन नभयसम्मका लागि भन्दै गत चार वर्ष अगाडि देशभरका सबै गाविस र नगरपालिकाको वडामा वडा नागरिक मञ्च गठन गरेको थियो ।
श्रेष्ठका अनुसार वडा नागरिक मञ्चले भूकम्पमा परी पीडित भएकाहरुमा पनि सबैभन्दा बढी पीडितको पहिचान गरी त्रिपाल, खाद्यन्नवितरण, सरसफाई अभियान, एक आपसमा सहयोगको भावना जागृत गर्ने समुदायको फोहोर व्यवस्थापनलगायतका कार्य गरिरहेका छ । अहिले समाजमा हामीलाई राजनीतिक दलका नेतालाई भन्दा बढी विश्वास गर्न लागेको दाबी गर्दै उहाँले वडा नागरिक मञ्च वडाका लागि आधिकारिक निकाय भएकाले पनि आफूहले सबैको विश्वास जितेको बताउनुभयो ।
भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी भक्तपुरको सबै नगरपालिकाको वडातहमा वडा नागरिक मञ्चर रेड्त्रसको शाखा गठन भएकाले भूकम्प पीडितलाई राहत र उद्धार गर्न मञ्च र रेड्क्रसको भूमिका सराहनीय रहेको बताउनुभयो ।
यसैबीच,भक्तपुरका अनन्नतलिङ्गेश्वर नगरपालिकाका स्थानीयहरु भूकम्प पीडितहरुलाई गत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका नेपालीहरुले भक्तपुरमा राहत सामग्री वितरण गरेका छन् ।
अन्नतलिङ्गेश्वर नगरपालिका वडा नं. १५ स्थानीय घर भइहाल अमेरिकामा बस्दै आउनुभएका भीमसेन बस्नेत, गीता बस्नेत सदिक्षा बस्नेत र साकार बस्नेतले सामूहिक रुपमा रकम संकलन गरी भूकम्प पीडितहरुलाई सोमवार राहत सामग्री वितरण गर्नुभएको हो । राहत सामग्रीहरुमा एक थान त्रिपाल, २५ किलोको एक बोरा चामल, दाल, नुन, तेल, मसला, चिउरा, केरऊ, चिनी, चियापत्तीलगायतका सामग्रीहरु वितरण गरिएको हो ।
भूकम्पबाट घरबारबिहीन भएका, आर्थिक अवस्था कमजोर भएका, मजदुर, किसान, र ज्यालदारी गरी जीविकोपार्जन गर्ने ३६ जना स्थानीयहरुलाई भीमसेन बस्नेतका दाइ अर्जुन बस्नेतले अनन्नतलिङ्गेवर नगरपालिका वडा नं. १५ स्थित् आफ्नै निवासमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्नुभएको हो । बस्नेत स्वयम्को तीनतले घर एक वटा र दुई तले घर एक वटा भूकम्पले गर्दा क्षतिग्रस्त भएको छ ।
राहत सामग्री पाएपछि भूकम्प पीडितहरुले सरकारको तर्फबाट अहिलेसम्म राहत सामान प्राप्त नगरेको तर व्यक्तिगत पहलमा आफूले राहत पाउँदा खुशी लागेको बताउनुभयो । स्थानीय माइला तामाङ्ले भन्नुभयो ‘अहिलेसम्म राहत सामग्री कस्तो हुन्छ भन्ने थाहा थिएन करिब एक महिनालाई पुग्ने खाद्यन्न एकमुष्ट पाउँदा खुशी लागेको छ । लामो सयमदेखि आफू राहत सामग्रीको प्रतीक्षामा रहेको भन्दै उहाँले राहत सामानले भूकम्पले सृजना गरेको घाउँलाई केहीहदसम्म मलमपट्टी लगाउने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना