• १२ वैशाख २०८१, बुधबार

साइबर ब्यूरोको पहलमा गोरखापत्रको फेसबुक पेज पुनः प्रयोगमा

blog

काठमाडौं, वैशाख १९ गते। लामो समयदेखि अनधिकृत व्यक्तिको पहुँचमा गएको गोरखापत्र अनलाइनको फेसबुक पेज पुनः प्रयोगमा आएको छ। नेपाल प्रहरी साइबर ब्यूरोको विशेष पहलमा मंगलबार फेसबुक पेज गोरखापत्र एडमिनको पहुँचमा आएको हो।

नेपाल प्रहरी साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द अर्यालको टोलीको विशेष पहलमा पेज पुनः प्रयोगमा आएको हो। वि.सं. २०७९ चैत ९ गते साँझदेखि साे पेज गोरखापत्र एडमिनको पहुँच बाहिर गएको थियो । 

ब्यूरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीन ताम्रकारका अनुसार फेसबुकको टिमसँग निरन्तरको संवादबाट पेज पुनः प्रयोगमा ल्याउन सफलता मिलेको हो। मंगलबार दिउँसो २ बजेबाट फेसबुक पेज पुनः एडमीनको पहुँचमा आएको हो।