• ८ वैशाख २०८१, शनिबार

हिमपहिरोमा बेपत्ता सात जना सम्पर्कमा आए, अझै पाँच बेपत्ता

blog

हिमपहिरो । फाइल तस्बिर

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १९ गते । दार्चुलामा हिमपहिरोमा परेर मंगलबार दिउँसो २:४५ बजेतिर यार्सागुम्वा टिप्न गएका हराएका १२ जनामध्ये सात जना सम्पर्कमा आएका छन्  । अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

दार्चुलाको व्यास गाउँपालिका –१ को भोलमको हिमपहिरोमा हराएकामध्ये दार्चुलाको नौगाडका अन्दाजी ३५ वर्षका ललित विष्ट सम्पर्कमा आएको सशस्त्र प्रहरी गुल्म छाङ्ग्रुका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक तर्क पाण्डेले बताउनुभयो ।

उहाँले घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीको सम्पर्कमा विष्ट आएको र अरु छ जना गाउँतिर लागेको उहाँले जानकारी दिनुभयो । 

अहिले बेपत्ता रहेका दार्चुलाको दुहुका दुई जना र डोटी बुडरका तीन जना रहेको सशस्त्र प्रनाउ पाण्डेले बताउनुभयो । उहाँका अनुसार हराइरहेकामध्ये डोटीका तीनै जना महिला तथा दुहुका एक महिला र एक पुरुष छन् ।

यो पनि पढ्नुहोस

हिमपहिरोमा पुरिएर आठ बेपत्ता