• १३ वैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

blog

लुम्बिनी प्रदेश सभा भवन । फाइल तस्बिर

छविलाल पाण्डे 

बुटवल, वैशाख १९ गते । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । 

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रल्हाद पोखरेलले मंगलबार प्रकाशित गर्नुभएको सूचनामा सो कुरा उल्लेख छ । यसअघि लुम्बिनी प्रदेश सभाको आज  दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिनुभएको थियो ।