• ८ वैशाख २०८१, शनिबार

२४ घण्टामा ५५ जनामा कोरोना पुष्टि : २५ जना आइसोलेसनमा

blog

काठमाडौं, वैशाख १९ गते। पछिल्लो २४ घण्टामा  ५५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७ सय १८ जनाको कोरोना परीक्षण गर्दा  ५५ जनामा कोरोना पुष्टि भएको हो। 

सोही समयमा ५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २४ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांक छ। 

नेपालमा संक्रिय संक्रमितको संख्या २५२ रहेको छन्।  जसमध्ये २५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये ११ जना आईसीयूमा उपचार हुँदैछ।