• ४ वैशाख २०८१, मङ्गलबार

प्रधान सेनापति टेनिस हुने

blog

काठमाडौं, वैशाख १९ गते । दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिक्स डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल र मिक्स डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५/१५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको पुरस्कार राशि करिब १० लाख रुपियाँ रहेको बताइएको छ । प्रतियोगितालाई नेपाल टेनिस सङ्घले प्राविधिक सहयोग गर्नेछ ।