• ७ वैशाख २०८१, शुक्रबार

सन्दीप प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी

blog

स्पिनर सन्दीप लामिछाने । फाइल तस्बिर

काठमाडौं, वैशाख १९ गते । स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।

प्रतियोगितामा नेपाललाई अपराजित राख्दै एसिया कपमा छनोट गराउन सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

यस प्रतियोगितामा अलराउन्डर प्रदर्शन गर्नुभएका सन्दीपले पाँच खेलमा १३ विकेट लिनुभयो । यस्तै उहाँले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । ब्याटिङमा पनि उहाँले ४२ रन बनाउनुभयो । 

 

यस प्रतियोगितामा युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान र ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिनुभयो । फाइनलमा ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएका गुलशन झा फाइनल खेलको ‘म्यान अफ दि म्याच’ चुनिनुभयो । 

नेपालले २१ वर्षपछि एसिया कप २०२३ मा स्थान बनाएको हो । एसिया कपमा नेपालले भारत र पाकिस्तान जस्ता बलियो देशसँग खेल्ने मौका पाउनेछ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गर्नेछ । यस समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् । 

यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान रहेको छ । समूहको शीर्ष दुई टोली सपुर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 


यो पनि पढ्नुहोस

युएईलाई हराउँदै नेपाल च्याम्पियन

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन