• १२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डद्वारा ख्युङजोङलिङ गुम्बाको उद्घाटन

blog

ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

दोलखा, वैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिरीमा रहेको ङाग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्नुभएको छ । आज मंगलबार आयोजित विशेष समारोहबीच उहाँले सो गुम्बाको उद्घाटन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा गुम्बाका पुजारी तथा लामाहरूको सहभागिता थियो ।