• ८ वैशाख २०८१, शनिबार

लेस्टर र एभर्टनको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै लेस्टर र एभर्टनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १९ गते । लेस्टर सिटी र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एभर्टनसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

खेलमा सुरुवाती अग्रता एभर्टनले लिएको थियो । १५औँ मिनेटमा डोमिनिक लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई अग्रता दिलाउनुभयो । 

२२औँ मिनेटमा लेस्टरका काग्लर सोयुन्चुले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३३औँ मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाउनुभयो । त्यसपछि ५४औँ मिनेटमा एभर्टनका एलेक्स इओबीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

बराबरीसँगै ३४ खेलबाट ३० अङ्क बनाएको लेस्टर १६औँ स्थानमा छ । समान खेलबाट २९ अङ्क बनाएको एभर्टन  १९औँ स्थानमा छ । एजेन्सी