• ४ वैशाख २०८१, मङ्गलबार

तिखो सियो

blog

अजङ्गको पहाड

न वार गर्न सकिन्छ

न पार

लाग्छ

यही मेरो भविष्य हो !

निरन्तर

श्वास अवरुद्ध छ

ऐठन, मात्र ऐठन

देशको गला

यसरी

कसले अँठ्यायो ?

देखिन्छ

भविष्य सुदूर–सुदूरसम्म

कसले पु¥यायो

यो

सीमासम्म

तिमीले र मात्र तिमीले

होइन ?

यसमा अत्तो नथाप

प्रतिवाद पनि नगर

सत्य !

कुनै परायाले

देश बिगारेको होइन

देश

तिमीले नै बिगारेका हौ

र, यही काममा

तिम्रो यात्रा निरन्तर छ

तिमी

देशको छातीमा टेकेर

देशको मुटुमा

निरन्तर

तिखो सियो रोपिरहेछौ !