• १६ चैत २०८०, शुक्रबार

'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौं, वैशाख १७ गते । युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको रोमान्टिक भर्सनको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्दमा रहेको यस गीतमा अहिलेको समयका लोकप्रिय गायक प्रताप दास र अन्नु चौधरीको आवाज छ । 

गीतलाई चर्चित सङ्गीतकार अर्जुन पोखरेलले सङ्गीतबद्ध गर्नुभएको हो भने आदेश गुर्माचनको सङ्गीत संयोजन छ । यस्तै, अभिनेत्री पूजा शर्मा र अनुज गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स भिडियोमा देख्न सकिन्छ ।

बुद्ध थापाले छायाङ्कन गर्नुभएको भिडियोमा विकाश धमलाको सम्पादन छ भने गीत निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।