• १२ वैशाख २०८१, बुधबार

प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल बालुवाटारमा रवि लामिछानेलाई बधाई दिनुहुँदै । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । 

उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुभएको थियो ।