‘इण्डियन आइडल’ले साङ्गीतिक कार्यक्रम गर्ने

Indian idol prasant tamangकाठमाडौँ  । नेपालका भूकम्पपीडितका लागि सहयोग सङ्कलन गर्न दिल्लीमा चार जना ‘इण्डियन आइडल’ले साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएका छन् ।इण्डियन आइडल एवं अभिनेता प्रशान्त तामाङले आफ्नो फेशबुक पेजमार्फत सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले भूकम्पपीडितका लागि राहत सङ्कलनका लागि आफूसहित अमित पल, अभिषेक कुमार, पार्लिन जिलले गाउने सन्देश सार्वजनिक गर्नुभएको छ ।भूकम्प पीडितका लागि नेपाली कलाकारले सहयोग गर्ने कार्यलाई अभियानकै रूपमा जारी राखेका छन् । यस क्रममा सरसफाइ दूत जोडी धुर्मुस र सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले सुन्तली सरसफाइ अभियानबाट सङ्कलन भएको सोह्र लाख ५० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।पूर्व निर्धारित कार्यक्रम अन्तर्गत उहाँहरूको टोलीले भूकम्प हुनु अघि नै अमेरिकाका विभिन्न शहरमा हास्यव्यङ्ग्यात्मक एवं साङ्गीतिक कार्यक्रमको प्रस्तुत गरिएको थियो ।

मुलुकमा प्राकृतिक विपत्ती परेपछि मनोरञ्जनात्मक कार्यक्रम बन्द गरी स्वदेश फर्कने तयारी गरिरहेका धुर्मुसको टोलीले सो रकम पीडितको सहयोगका लागि प्रदान गरिने जनाएको छ ।वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प भएपछि सो टोलीले बाँकी स्थानको कार्यक्रम रद्द गर्दै सङ्कलित रकम भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

सो टोलीमा कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे, गायक प्रमोद खरेल, पशुपति शर्मा एवं सङ्गीता थापा मगर लगायतका कलाकार रहनुभएको छ । त्यसैगरी नायक राजेश हमालले भूकम्प पीडित नेपालीका लागि नेदरल्याण्डमा सहयोग राशि सङ्कलन गर्दै हुनुहुन्छ । उहाँले त्यहाँ सङ्कलित ९० लाख रकम पीडितका लागि सहयोग गर्नुहुने भएको छ ।

गायक रामकृष्ण ढकाल, नायिका रेखा थापा, भुवन केसी, गायक हेमन्त शर्मा, रेश मरहट्ठा पनि यस अभियानमा सक्रिय हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना